IME Life New

हुण्डी सम्बन्धी शङ्कास्पद कारोबारको संख्या बढ्दै, १० मध्ये १ उजुरी हुण्डीकै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआइयू) मा दर्ज हुने शङ्कास्पद कारोबारका उजुरीमध्ये हुण्डीको हिस्सा निकै बढेको छ। एफआइयूले मंसिर ११ गते सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार, सन् २०२५ जनवरी २ देखि सन् २०२६ को जुलाइसम्म दर्ज कुल १५ हजार ८ सय १५ वटा शङ्कास्पद उजुरीमध्ये १ हजार ६ सय ७२ वटा (करिब १०.५७ प्रतिशत) हुण्डीसँग जोडिएका छन्।

हुण्डीबाट प्राप्त रकमको शंकास्पद कारोबारबारे उजुरी पठाउनेमा वाणिज्य बैंकहरू अगाडि छन्। कुल उजुरीको झन्डै ९० प्रतिशत वाणिज्य बैंकहरूले पठाएका हुन् भने विकास बैंकबाट करिब ७ प्रतिशत आएको छ। तर, रेमिट्यान्स कम्पनी र डिजिटल वालेटहरूले भने मुस्किलले १ प्रतिशत मात्र उजुरी पठाएका छन्। एफआइयूले यसलाई जोखिम कम भएको भन्दा पनि ती संस्थाहरूले शङ्कास्पद कारोबार पत्ता लगाउन नसकेको कमजोरीका रूपमा लिएको छ।

Esewa
Crest

प्रतिवेदनले हुण्डीको बदलिँदो रूप पनि देखाएको छ। पहिले पहिले व्यापारी वा विदेशमा काम गर्ने नेपालीले पैसा पठाउने सजिलो माध्यमका रूपमा मात्रै हुण्डी प्रयोग गर्थे। तर अहिले यो अपराधबाट कमाएको कालो धन सेतो बनाउने मुख्य बाटो बनेको छ। अचम्मको कुरा त के छ भने, यसमा औपचारिक बैंकिङ प्रणालीकै दुरुपयोग भइरहेको छ। विदेशबाट पैसा नआए पनि हिसाब मिलान हुन्छ, र नेपालभित्र भने बैंक, मोबाइल वालेट र कनेक्ट आइपिएसमार्फत नै भुक्तानी गरिन्छ। हुण्डी कारोबारीहरूले आपसमा हिसाब मिलाउन विदेशबाट आयात हुने सामानको बिजकको मूल्य वास्तविक भन्दा तलमाथि पार्ने, नगदै ओसारपसार गर्ने, अरूको बैंक खाता (म्युल एकाउन्ट) प्रयोग गर्ने र क्रिप्टो जस्ता अभाैतिक सम्पत्तिको समेत सहारा लिने गरेका छन्।

सरकारले २ जनवरी २०२५ मा राजपत्रमा सूचना निकालेर हुन्डीलाई सम्पत्ति शुद्धीकरणको कसुर मानेको थियो। मुलुकी अपराध संहिताको दफा १२५ (क) अनुसार हुन्डी गरेको पुष्टि भए बिगो जफत हुनुका साथै १ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। एफआइयूले २०० वटा उजुरीको नमुना र प्रहरीको ५ वर्षको तथ्याङ्क हेरेर यो निष्कर्ष निकालेको हो। यद्यपि, बैंकहरूले जति पत्ता लगाएर पठाउँछन्, आफूले त्यति मात्र देख्न सक्ने कुरा एफआइयूले स्वीकार गरेको छ।

प्रतिवेदनको निचोड स्पष्ट छ, अहिलेको हुन्डी सङ्गठित छ, देशबाहिरसम्म फैलिएको छ र डिजिटल प्रविधिबाट चल्छ। त्यसैले कानुन बनाएर प्रतिबन्ध लगाउँदैमा मात्रै यसलाई रोक्न सम्भव देखिँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS