काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको हिजो कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमा ३.४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ३.७८ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
1793958884173











