काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ लाख ५९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको ४ लाख ५९ हजार ८४० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक शेयरधनीले निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।











