IME Life New

यस्ता छन् बैंकबाट कर्जा लिँदाको चरणबद्ध प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा भनेको आज पैसा सापटी लिने, चलाएको अवधिको ब्याज तिर्ने र अवधिअनुसार वा अन्त्यमा एकै पटक पैसा फिर्ता गर्ने सेवा हो। बचत अपर्याप्त हुँदा कर्जा लिने गरिन्छ। कर्जा पुँजी निर्माण वा उपभोग दुवै प्रयोजनका लागि प्रवाह गरिन्छ।

कर्जा प्रदान गर्दा अवलम्बन गरिने ५ सीका सिद्धान्त
नगद प्रवाह, स्वपुँजी, चरित्र तथा विगतको वित्तीय इतिहास, धितो तथा सुरक्षण र सर्तहरु, अधिकार तथा कर्तव्य।

Esewa
Crest

कर्जा लिँदाको चरणबद्ध प्रक्रिया
कर्जा आवेदनः सुरुमा आवेदकले बैंक तथा वित्तीय संस्थाले तोकेको ढाँचामा कर्जाको आवेदन फाराम भरी आफ्नो पहिचान खुल्ने कागजात (नागरिकता÷प्यान कार्ड), सम्पत्ति, दायित्व, आम्दानीको प्रमाण तथा प्रक्षेपण र धितो राख्ने सम्पत्तिका सम्पूर्ण कागजपत्र बुझाउनुपर्छ।

ऋणीको मूल्यांकनः आवेदनका आधारमा व्यक्ति वा व्यवसायको तिर्नसक्ने क्षमता, स्वलगानी, साख, धितो सुरक्षण लगायतका अन्य आधार लिई ऋणीको मूल्यांकन गरिन्छ।

कर्जा स्वीकृतिः मूल्यांकन सन्तोषजनक पाइएमा बैंकबाट कर्जा स्वीकृत गरिन्छ। त्यसपछि आवेदकलाई एउटा स्वीकृतिपत्र दिइन्छ। जसमा स्वीकृत भएको ऋणको कुल रकम, ब्याजदरको संरचना र तिर्ने अवधिको तालिकालगायतका अन्य सर्तहरु स्पष्ट रुपमा लेखिएको हुन्छ।

कर्जा प्रवाहः धितो, ग्यारेन्टीलगायतका सम्पूर्ण कानुनी कागजी प्रक्रियाहरु पूरा भएपछि बैंक तथा वित्तीय संस्थाले एकैपटक वा पटकपटक गरी कर्जाको रकम ऋणीको बैंक खातामा प्रवाह गर्छ।

अनुगमन र भुक्तानीः बैंक तथा वित्तीय संस्थाले समय–समयमा कर्जाको सदुपयोगिताको निगरानी गर्छ। ऋणीले समयमै कर्जाको साँवा र ब्याजको भुक्तानी गर्न र आफ्नो हिसाबकिताबारे नियमित अनुगमन गर्नुपर्छ।

ऋणीको अधिकार र दायित्व
पर्याप्त सूचना, निष्पक्ष व्यवहार, गोपनीयता, गुनासो, समस्या समाधान, साना ग्राहकको विशेष संरक्षणजस्ता विषय ऋणीका अधिकार हुन्।
सही सूचना दिने, सर्तहरु अध्ययन गर्ने, कर्जाको सदुपयोग गर्ने र ऋणका अनुशासन पालना गर्नु ऋणीका दायित्व हुन्।

कर्जाको उद्देश्य, लागत, प्रतिफल र जोखिम विश्लेषण गरी कर्जा प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS