काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रविण रमन पराजुलीले बीमा दाबी भुक्तानी सम्बन्धमा जारी गरेको भिडियो सन्देशमा झूठो बोलेको समाचार इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि कम्पनीले आधिकारिक टिकटक आइडी [email protected] बाट भिडियो डिलिट गरेको (हटाएको) छ।
भिडियोमा सीईओ पराजुलीले नेपाल लाईफ इन्स्योन्स कम्पनीले २५ वर्षको अवधिमा परिपक्व, जीवित लाभ र मृत्यु दाबी समेत गरी कुल १२२ खर्ब रूपैयाँ दाबी भुक्तानी गरिसकेको दाबी गर्दै टिकटक अकाउण्टबाट भिडियो सार्वजनिक गरेका थिए । १ मिनेट २६ सेकेण्ड लामो भिडियोमा उनले कुल दाबी भुक्तानीको तथ्याङ्कमा मात्र झूठो विवरण दिएका छैनन् , उनले मृत्यु दाबीवापतको भुक्तानी रकमबारे पनि भ्रामक तथ्याङ्क बताएका छन् । उनले भनेका छन्, कम्पनीले ९ सय ३४ अर्बको मृत्यु दाबी भुक्तानी गरेको छ।
सीईओ पराजुलीले झूठो जानकारी दिएको बारे इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेलगत्तै कम्पनीले टिकटक अकाउण्टबाट भिडियो डिलिट गरेको छ। यद्दपी हामीले कम्पनीको टिकटक अकाउण्टबाट डाउनलोड गरिएको भिडियोको लिङ्क यहाँ उपलब्ध छ।
झूठ बोल्न थाले नेपाल लाईफका सीईओ पराजुली, १२२ खर्ब रूपैयाँ भुक्तानी दिएको दाबी
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले भ्रामक विवरण सार्वजनिक गरेको सम्बन्धमा प्रमाणका आधारमा सीईओ पराजुलीसँग स्पष्टीकरण मागिने र ऐन नियम अनुसार कानुनी कारबाही हुने प्रतिकृया दिएका छन् ।
नेपाल लाइफको विश्वसनीयता संकटमा, नयाँ बीमाभन्दा बीमालेख समर्पणको वृद्धि तीब्र – Insurance Khabar
जीवन बीमा अभिकर्ताहरूले सामाजिक सञ्जालमार्फत् सर्वसाधारणलाइ भ्रामक र झूठो जानकारी दिएर जीवन बीमालेख बिक्री गर्ने प्रवृत्ती बढेपछि प्राधिकरणले आचारसंहिता विपरित गतिविधिमा संलग्न अभिकर्ताविरूद्ध कारवाही गर्ने चेतावनी सहित गत भदाै ८ गते सम्पूर्ण बीमा अभिकर्ताहरूलाइ सामूहिक निर्देशन जारी गरेको थियो । यो चेतावनी सहितको निर्देशनलाइ नेपाल लाईफ इन्स्योरेन्स प्राथमिकताका साथ आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ। यसपटक नेपाल लाईफका सीईओ पराजुलीले नै कम्पनीबारे झूठो विवरण आधिकारिक सञ्जालमार्फत् सार्वजनिक गरेकोमा उनीविरूद्ध प्राधिकरणले गर्ने कारवाहीको अभिकर्ताहरूले प्रतिक्षा गरिरहेका छन् ।












