काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ०५ अंकले घटेर २,६२५ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।












