काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.१९ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक २.४९ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ७० कम्पनीको शेयरभाउ बढ्दा १९९ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












