IME Life New

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ४ अर्ब १५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ०५ अंकले घटेर २,६२५ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS