IME Life New

ब्यबसाय विस्तार संगै सूचना प्रबिधिमा पनि युनियन लाईफ इन्स्योरेन्स अगाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नयाँ संचालनमा आएका जिबन बीमा कम्पनीहरुमध्ये आक्रामक तथा छोटो समयमा नेपाली बीमा बजारमा नयाँ आयाम राख्न सफल जिबन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स बजार बिस्तारमा मात्र नभएर सूचना प्रबिधि तथा बिमित मैत्री संचार सेवामा समेत अग्रणी देखिन थालेको छ ।

कम्पनीले आफ्ना ग्राहक/बिमितलाई कम्पनी संचालनको सुरुवातबाट नै एसएमएस मार्फत बिमालेख जारी भएको जानकारी दिने सुबिधा सुरु गरेकोमा अब कम्पनीका बिमितहरुलाई आफ्नो मोबाइल एप्लिकेशन मार्फत बिमितले आफ्नो बिमालेख बारेको जानकारी आफ्नै मोबाइलमा हेर्न सक्ने सुबिधाको सुरुवात गरेको छ। कम्पनीले जारी गरेको मोबाइल एप्लिकेशन मार्फत बिमितले आफ्नो बिमालेखको मोहलत अवधि (बीमा प्रिमियम तिर्ने मिति), बिमालेख जारी मिति, बिमा परिपक्क हुने मिति अबधि इत्यादी हेर्न सकिने व्यवस्था छ ।

साथै, कम्पनीका अभिकर्ताले समेत सो मोबाइल एप्लिकेशन मार्फत आफुले गरेका बिमालेख बारे जानकारी लिन सक्ने छन् भने सो एप्लिकेशन मार्फत बिमा अभिकर्ताले आफुले गरेको ब्यबसायको सम्पूर्ण जानकरी आफनै मोबाइलमा हेर्ने सक्ने हुदा समयको बचत तथा सूचनाको सहज पहुच बिमित तथा अभिकर्तासम्म पुगेको जानकारी कम्पनीका नायब महाप्रबन्धक कोषराज सुबेदीले जानकरी दिनु भयो।

Esewa
Crest

जीवन बीमा क्षेत्रमा बृहत सोचका साथ अगाडि बढेको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमशिक अबधिसम्म ४८ करोड ६८ लाख ७२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरि नयाँ संचालित जिबन बिमा कम्पनीहरु मध्ये फराकिलो अन्तर सहित अग्रता लिइरहेको छ ।

कम्पनीले नेपालमा नै पहिलो पटक ‘अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा’ योजना सहित ८ ओटा जिबन बिमा योजना संचालन गरेको छ भने कम्पनीले आफ्ना बिमा योजनाहरुलाई विविधिकरण गर्दै ग्राहकको सुबिधालाई धयानमा राखी दोहोरो दुर्घटना लाभ सुबिधा, बीमा शुल्क छुट सुबिधा, मासिक आय सुबिधा तथा नेपाल मै पहिलो पटक सबै भन्दा धरै अधिकतम रु. ७५ लाख सम्मको दुर्घटना मृत्यु लाभ सुबिधा दिने गरेको छ।

नविनतम, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरु लिएर अगाडि बढेको बीमा कम्पनीमा प्रतिष्ठित ब्यापारिक घरानाहरु जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयर लगायतको लगानी रहेको छ ।

दुई अर्ब १५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउन ६४ करोड ५० लाख रुपैयाँ बराबरको सर्बसाधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS