IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट दिने हिमालयन लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण÷पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज र जरिवाना)मा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। सूचनामा भनिएको यस कम्पनी र साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित (ल्याप्स) भएका बीमालेखहरु यही आज असार २ गतेदेखि असार १९ गतेसम्म नवीकरण गर्दा बीमितले विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। ‘जतिसुकै अवधिको व्यतित भए पनि नवीकरण गर्दा उक्त छुट प्रदान गरिनेछ’, सूचनामा भनिएको छ।

Esewa
Crest

यो छुट सुविधा पाउन कम्पनीले बीमितसामु २ वटा सर्त अघि सारेको छ।

यस्ता छन् सर्तः

  • यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ।
  • कम्पनीबाट विलम्ब शुल्क छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु बीमालेख नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावहरुले नियमानुसार सपर्पण (सरेन्डर) गर्न चाहेमा छुटबापतको रकम कट्टा गरिनेछ।

यो छुट सुविधा उपयोग गरी व्यतित बीमालेख नवीकरण गर्न कम्पनीको आफूलाई पायक पर्ने कुनै पनि प्रादेशिक, उपप्रादेशिक, शाखा र उपशाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS