काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन्।
कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सीईओमा पुनः पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै पराजुलीको कार्यकाल पुनः ४ वर्षका लागि थप गरिएको हो।
यसअघि २०७९ साउन ४ गते पराजुली नेपाल लाइफको सीईओमा नियुक्त भएका थिए। सीईओ हुनुअघि उनले नेपाल लाइफमा डेपुटी सीईओका रुपमा काम गरेका थिए।
नेपाल लाइफ प्रवेश गर्नुअघि पराजुली साविक रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ थिए।












