IME Life New

साउद दम्पतीले छोरीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा न्वारन, अन्नप्राशन, जन्मदिन, व्रतबन्ध, विवाह तथा वर्षगाँठजस्ता पारिवारिक तथा सामाजिक अवसरहरूमा अनावश्यक खर्च र देखावटी उपहारभन्दा दीर्घकालीन लाभ दिने योजनातर्फ आकर्षण बढ्दै गएको देखिन्छ।

यसैबीच डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं १० जजोला निवासी एक दम्पत्तिले आफ्नी छोरीको तेस्रो जन्मोत्सवको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्।

Esewa
Crest

जजोला निवासी राज बहादुर साउद र उनकी धर्मपत्नी जानकी कठायत साउदले आफ्नी छोरी युरान्की साउदको तेस्रो जन्मोत्सवको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स जोगबुडा शाखा कार्यालयमार्फत “सुनौलो बाल समृद्धि जीवन बीमा” योजना उपहार स्वरूप प्रदान गरेका हुन् ।

हाल राज बहादुर साउद रोजगारी तथा व्यवसायीक सिलसिलामा थाइल्याण्डमा होटल व्यवसाय सञ्चालन गर्दै आउका छन् । विदेशमै रहेर पनि आफ्नो सन्तानको सुरक्षित भविष्य, शिक्षा तथा आर्थिक संरक्षणलाई प्राथमिकता दिँदै उनीहरुले बीमा पोलिसी उपहार दिएको बताए ।

बालबालिकाको सानै उमेरदेखि बीमा गर्दा भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै आकस्मिक जोखिमबाट आर्थिक सुरक्षा पनि प्राप्त हुने गर्दछ । यसका अतिरिक्त उच्च शिक्षा लगायत भविष्यका आवश्यकतामा समेत बीमा योजनाले ठूलो सहयोग पुग्ने भएकाले पछिल्लो समय अभिभावकमाझ यस्ता योजनाप्रति आकर्षण बढ्दो छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले विभिन्न बालमैत्री बीमा योजना सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार यस्ता योजनाले बचत र सुरक्षा दुवै सुनिश्चित गर्ने भएकाले समाजमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS