IME Life New

तामाङ दम्पतीले छोराको छेवरमा दिए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिन, छेवर तथा अन्य सामाजिक उत्सवहरूमा महँगा उपहार वा भोजभतेर भन्दा पनि जीवन बीमा जस्ता दीर्घकालीन फाइदा हुने योजनाहरू उपहार दिने संस्कार बढ्दै गएको छ।

यसैबीच दोलखाको चरिकोटका एक दम्पतीले आफ्नो छोराको शुभ छेवर (ब्रतबन्ध) को अवसरमा भविष्य सुरक्षित गर्ने उद्देश्यले जीवन बीमा पोलिसी उपहार दिएका छन्। चरिकोटका किशोर तामाङ र सजिना पाख्रिनले आफ्ना सुपुत्र सुकदेव तामाङको उज्ज्वल भविष्यको कामना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरेका हुन् ।

Esewa
Crest

दम्पतीले छोराको भविष्यमा आइपर्ने शिक्षा र अन्य आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै ५ लाख रुपैयाँ बराबरको सूर्यज्योति नौलो बाल जीवन बीमा योजना छनौट गरेका हुन् । उत्सवको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी बचत गर्ने र छोराको भविष्य सुरक्षित गर्ने यो कदमको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ।

बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स, चरिकोट शाखाका प्रमुख चूडा बहादुर श्रेष्ठ, सेल्स एक्जिक्युटिभ यमुना मोक्तान र अभिकर्ता निर्जला तामाङ लगायत आफन्त नातागोताको बाक्लो उपस्थिति रहेको थियो।

पोलिसी हस्तान्तरण गर्दै शाखा प्रमुख श्रेष्ठले बालबालिकाको नाममा गरिने यस्ता लगानीले उनीहरूको उच्च शिक्षा र भविष्य निर्माणमा कोसेढुङ्गा सावित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS