IME Life New

रिमोर्ट वर्क र डिजिटल रोजगारी सरकारको प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले रिमोर्ट वर्क र डिजिटल रोजगारीलाई प्राथमिकतामा राखेको छ।

प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताअनुसार तयार गरिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतामा बालेन शाह नेतृत्वको सरकारले रोजगारी सिर्जनालाई बढावा दिन रिमोर्ट वर्क र डिजिटल रोजगारीलाई प्राथमिकतामा राखेको हो। नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार सेवा निर्यातलाई बढावा दिने सरकारले नीति लिएको हो।

Esewa
Crest

प्राथमिकता प्राप्त क्षेत्र (सूचना प्रविधि, निर्माण, पर्यटन, व्यावसायिक कृषि आदि)मा नीतिगत सुधार गरी रोजगारीका थप अवसर सिर्जना गरिने सरकारको प्रतिबद्धता रहेको छ। भौतिक पूर्वाधार, सौर्य वा वायु ऊर्जा, फोहोर व्यवस्थापलगायत हरित उद्योगसम्बन्धी आयोजना सम्पन्न गरी रोजगारी बढाउन बृहत (बिग पुस) अभियान सञ्चालन गरिने सरकारले जनाएको छ।

डाक्टर, नर्स, इन्जिनियर, कृषि वन, सूचना प्रविधि आदि क्षेत्रका प्राविधिक जनशक्तिलाई देशमै रोजगारी र व्यवसाय गर्न उत्प्रेरित गर्ने सरकारको योजना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS