IME Life New

बीमा प्राधिकरणद्वारा व्यास नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले तनहुँ जिल्लाको व्यास नगरपालिकासँग बीमाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । “स्थानिय सरकारसँग बीमा” नामक बीमा सचेतना कार्यक्रम अन्तर्गत चैत ११ नगरपालिकाको सभा हलमा स्थानीय नगरवासी, उधमी, व्यापारी, किसान तथा कर्मचारी समेतको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश कार्यालय प्रमूख शम्भु प्रसाद मिश्रले गरेका थिए । कार्यक्रममा प्रमूख अतिथिका रूपमा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, विशेष अतिथिका रूपमा नगरपालिकाका नगर उपप्रमुख इन्दिरा दरै त्यस्तै अर्का विशेष अतिथिका रूपमा सोही नगरपालिका प्रवक्ता सुरेश थापा रहेका थिए ।

Esewa
Crest

कार्यक्रम तिन खण्डमा विभाजन गरि सञ्चालन भएकोमा सुरूको खण्डमा Nepal Insurance Professionals Society(NIPS) पोखरा च्याप्टरका अध्यक्ष छविलाल पौडेलले जीवन बीमाको आवश्यकता, महत्व र हालको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा Nepal Insurance Professionals Society(NIPS) पोखरा च्याप्टरका कोषाध्यक्ष सुरेश रेग्मीले निर्जीवन बीमा अन्तर्गत सम्पति, गाडी तथा सुन्तला खेतिका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमको तेस्रो खण्डमा नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश कार्यालय प्रमूख शम्भु प्रसाद मिश्रले जोखिम न्युनिकरण तथा आर्थिक नोक्सानीको कवचको रूपमा रहेको बीमाले मात्र आर्थिक स्थायित्व हासिल गर्न सम्भव भन्ने उल्लेख गरे ।

कार्यक्रममा हामी सबैले सम्पति तथा अन्य साधनको बीमा गर्दा आफ्नै ज्यानको जोखिमको बीमा किन नगरेको होला भन्ने पश्नले सबैको ध्यान आकर्षण गरेको थियो । कार्यक्रमको मन्तव्यको क्रममा प्रमूख अतिथि तथा व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपानेले आगामी आउने बजेटमा पालिकाले बीमाका कार्यक्रममा बिशेष जोड दिने भन्दै विपद् ब्यवस्थापनमा छुट्टाउने बजेटलाई बीमाको मार्फत आर्थिक क्षतिको हस्तान्तरण गर्ने प्रतिबद्धता जिकिर गरे ।

पालिकामा बीमाको यस प्रकारको कार्यक्रम निकै आवश्यकता रहेको औल्याउँदै आगामी दिनमा सहकार्य गरी अगाडी बढ्न हौसला मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS