IME Life New

दुई महिनामा बीमा प्राधिकरणबाट ३९ वटा उजुरी फर्छ्यौट, अझै कति छन् बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म ३९ वटा उजुरी फर्छ्यौट गरेको छ।

बीमा प्राधिकरणले फैसला र सहमतिमार्फत ती उजुरी फर्छ्यौट गरेको हो। जसअनुसार फैसलामार्फत ३२ वटा र सहमतिमार्फत ७ वटा उजुरी फर्छ्यौट भएका छन्।

Esewa
Crest

प्राधिकरणमा भदौसम्म ३४२ वटा उजुरी परेका छन्। जसमा गत आर्थिक वर्ष २०८२।८३ बाट सरिआएका ३१९ वटा उजुरी छन्। चालु आर्थिक वर्षको भदौसम्म भने केन्द्रीय कार्यालयमा २१ वटा र प्रदेश कार्यालयमा २ वटा गरी २३ वटा उजुरी परेका छन्। अझै ३०३ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ।

गत आर्थिक वर्षमा प्राधिकरणले ६०० वटा उजुरीमध्ये २८१ वटा उजुरीमात्रै फर्छ्यौट गरेको थियो। उजुरी फर्छ्यौट दर ४७ प्रतिशतको हाराहारीमा देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS