काठमाडौं । पछिल्लो समय जन्मदिन फरक ढङगले मनाउने प्रचलन बढेको छ । पहिला पहिला होटल तथा रेष्टुरेन्टमा गएर खाएर साथीभाईलाई खुवाएर मनाउने गरिन्थो । अहिले भने बीमा पोलिसी खरिद गर्ने वा उपहार स्वरुप अरुलाई दिने प्रचलन बढेको हो ।
यसैबीच सन नेपाल लाइफ इन्स्योरेन्स जोगबुडा शाखा कार्यालयबाट कैलाली जिल्लाको धनगढी उप महानगरपालिका १२ कैलाली बस्ने लाल बहादुर कुँवरले आफनो छोरी आयांका कुँवरको दास्रो जन्मउत्सबको उपलक्ष्यमा सुनौलो बाल समृद्ध साबधिक बीमा उपहार दिएका हुन् ।
कम्पनीकी अभिकर्ता खिना कुमारी कुँवर मार्फत ६ लाखको जीवन बीमा उपहार दिएका हुन् । भविष्यको लागि बचत र आर्थिक सुरक्षा स्वरूप उक्त पोलिसी दिएको बताए ।
जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने ,लिने चलन बढेको भन्दै सुरक्षा र बचत गर्न नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने बताएका छन् ।












