IME Life New

हिमालयन लाइफको शाखामा बीमक समिति गठन तीब्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स बीमक समितिले शाखा समिति गठनलाई तीब्रता दिएको छ । समितिले बागमती प्रदेश अन्तर्गतका शाखामा समिति गठनलाई तीब्रता दिएको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको न्यूरोड, बानेश्वर, कोटेश्वर र भैंसेपाटी शाखामा समिति गठन गरेको बीमक समितिका उपाध्यक्ष तथा संगठन विभाग संयोजक अष्टबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रनिल गौतमको अध्यक्षतामा बानेश्वर शाखा समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष सुमित्रा चौलागाई, सचिव सिता न्यौपाने, कोषाध्यक्ष सीता दाहाल, सह सचिव अनिता दाहाल रहेका छन् । ११ सदस्यीय समितिको सदस्यमा डिल्लीराम भण्डारी चयन भएका छन् भने अन्य सदस्य चयन गर्न बाँकी रहेको छ ।

Esewa
Crest

त्यस्तै असिम भण्डारीको अध्यक्षतामा न्युरोड शाखा समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए । समितिका उपाध्यक्षमा मञ्जु गुरुङ, सचिव रुपेश दाहाल, कोषाध्यक्ष रमेश कटुवाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा निर्मला मिश्र, माया तामाङ, अश्मिता सिम्खडा र नरवती पुन चयन भएका छन् । अन्य तीन सदस्य पछि चयन गरिने छ । यता कोटेश्वर शाखा समितिको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । समितिको उपाध्यक्षमा सुमित्रा अधिकारी, सचिवमा बद्री कुमार न्यौपाने, सह–सचिवमा रमेशराज घिमिरे र कोषाध्यक्षमा अञ्जना आचार्य चयन भएका छन् ।

सदस्यहरुमा धर्मा कुमारी शाह, कुमारी थामी चयन भएका छन् भने ४ जना सदस्य पछि थप गरिने संगठन विभाग संयोजक श्रेष्ठले बताए । भैंसेपाटी शाखा अध्यक्षमा सोनु बराल चयन भएकीछन् । समितिको उपाध्यक्षमा गगनबहादुर साउद, सचिवमा बिन्जु श्रेष्ठ, सह–सचिवमा मनिता कार्की र कोषाध्यक्षमा डोमा शेर्पा चयन भएका छन् । अन्य ६ जना सदस्य पछि थप गरि समितिलाई पूर्णता दिइने संगठन विभाग संयोजक अष्टबहादुर श्रेष्ठले जानकारी दिए ।

संगठन विभाग संयोजक अष्टबहादुर श्रेष्ठको संयोजकत्व तथा बागमती प्रदेश समिति अध्यक्ष चिरञ्जीवी गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका सचिव अम्बिका गौतम, सदस्य नानीमाया सापकोटा, बिमकका सचिव प्रह्लाद तिमल्सिना, सहसचिव प्रगति थापा, बागमती प्रदेश समिति सदस्य बलराम कार्कीलगायतको विशिष्ट आतिथ्यता रहेको थियो भने बिमा अभियान्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS