IME Life New

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ। रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, ‘उत्कृष्ट कार्यले नै सम्मानका लागि मार्ग तयार हुने हो, तपाइँहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ।’

Esewa
Crest

एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैँमा गौरवको कुरा भएकाले प्रसाईले अभिकर्ताहरुलाई बधाइ दिए। उनले आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवका रुपमा लिएको बताए। उनले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए। ‘यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो’, उनले भने, ‘सफलताको अनुभव र प्राप्त मानसम्मानले थप सफलताका लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षहरुमा परिणाम आउने विश्वास छ।’

कार्यक्रममा नायब महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राखेका थिए। ‘अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मानसम्मानको एक उत्कृष्ट उदाहरण हो’, उनले भने, ‘त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ।’

अन्तर्राष्ट्रिय ट्रेनर अमित शर्माले व्यावसायिक बिक्री कलाको क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरेका थिए भने चर्चित कलाकार सन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS