IME Life New

एमडीआरटी २०२६ को उपाधिका लागि सूर्यज्योति लाइफबाट ५५ जना योग्य, दुईजना सीओटी बन्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एभडीआरटी) ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन्। ती ५५ जनामध्ये गौरवकुमार शाही र दिपक सापकोटा कोर्टअफ द टेबल (सीओटी) का लागि योग्य भएका छन्। गौरव सीओटीमा तेस्रोपटक र दिपक दोस्रोपटक छनौट हुन सफल भएका हुन्।

Esewa
Crest

कम्पनीका अनुसार कोशी प्रदेशबाट २ जना, बागमती प्रदेशबाट २९ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट ३जना गरी जम्मा ५५जना छनौट भएका छन्। यसका साथै ३ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने ६ जना र ५वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने २ जना गरी ८ जना दीर्घसेवा पदकबाट सम्मानित भएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सन् २०२६ का लागि एमडीआरटीमा छनौट हुन सफल ५५ जना सबैलाई अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झन्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरुप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत र लगनस्वरुप अघि बढ्न आग्रह गरेका छन्।

नेपालकै पहिलो ९००१–२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्तापुँजी रु. ५०१ करोड, जीवन बीमा कोष रु. ४३८३ करोड, लगानी रु. ४८४५ करोड, नेटवर्थ रु. ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरिरहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बीमितलाई कम्पनीले सेवाप्रदान गरिरहेको छ। यसका साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगविरुद्ध रु. ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

यसैगरी कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधिभित्रै आर्थिक वर्ष २०८१।८२ को वार्षिक साधारणसभा यही पुस ३० गते सम्पन्न गर्दै शेयरधनीका लागि १३ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS