IME Life New

सूर्यज्योति लाइफको साधारणसभाबाट लाभांश अनुमोदन, डिजिटल रुपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आज पुस ३० गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न गरेको छ।

साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा अन्य अतिथिको उपस्थिति थियो।

Esewa
Crest

सभाले कम्पनीको गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूची छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ।

oppo_0

यसका साथै सभाले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष २०८१।८२ मा भएका खर्चहरुलाई अनुमोदन गरेको छ।

सभामा अध्यक्ष भट्टराईले कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना र नवीनतम सेवालगायत डिजिटल रुपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीको विश्वास, ग्राहकको साथ, अभिकर्ताको मेहनत र कर्मचारीको लगन भएको बताए।

सभामा शेयरधनीहरुले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरु राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएका छन। कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्राहकको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ।

oppo_0

नेपालकै पहिलो ९००१–२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्तापुँजी ५०१ करोड रुपैयाँ, जीवन बीमाकोष ४३८३ करोड रुपैयाँ, लगानी ४८४५ करोड रुपैयाँ, नेटवर्थ ६७४ करोड रुपैयाँ, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बीमितलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ। साथै, कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS