IME Life New

उर्लाबारीमा सूर्यज्योति लाइफको १७६औं शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औं शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले सो शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको विधिवत समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री र उर्लाबारी नगरपालिकाकी उप–प्रमुख, मिना खतिवडा पौडेलले संयुक्त रुपमा गरेका हुन्।

Esewa
Crest

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बीमाको पहुँच दूरदराजसम्म पुर्‍याउँदै आम जनतालाई बीमाको दायराभित्र ल्याउने कम्पनीको लक्ष्य रहेको बताए।

साथै, उप–प्रमुखले आफ्नो व्यक्तिगत अनुभवको आधारमा जोखिम न्यूनीकरणका लागि बीमा अत्यावश्यक रहेको र उर्लाबारी नगरपालिकाले बीमाको महत्त्वबारे जनचेतना फैलाउँदै नगरवासीहरूलाई बीमा क्षेत्रमा आबद्ध भई बीमाको सुरक्षा घेराभित्र ल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरिन।

हाल सूर्यज्योतिले देशभरीका १७६ शाखा कार्यालयहरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ। जीवन बीमा क्षेत्रमा नेपालकै पहिलोISO 9001-2015 Certified एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS