IME Life New

प्रभु महालक्ष्मी लाइफको एजीएम पुस २९ गते, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ । कम्पनीको पुस ७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय गरिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन् । सभाले सो प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारण सभा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन् ।

सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ / ८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आ.ब.२०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ) हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनश शेयर जारी पश्चात हुन आउने रु ५,३०,७७,९३,९२० बराबर चुक्ता पूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS