काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत चिफ एजेन्सी म्यानेजर जानुका अधिकारी सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् । यससँगै उनी ४ पटक लगातार एमडीआरटी बन्न सफल भएकी हुन् ।
जानुका २०७९ सालबाट आइएमई लाइफमा प्रवेश गरेकी हुन् । आइएमई लाइफमा काम सुरु गरेको एक महिनामा नै उनले एमडीआरटीको लक्ष्य हासिल गरेकी हुन् । उनी २०२३, २०२४, २०२५ र अहिले २०२६ को लागि एमडीआरटीमा छनोट भएकी हुन् ।
जानुकाले आर्थिक बर्ष २०८१/०८२ मा कम्पनीले तोकेको लक्ष्य पूरा गरेकी छन् । उनले कम्पनीले दिने हरेक टार्गेट पूरा गर्ने गरेको बताइन् । कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न म तत्पर हुन्छु, उनले भनिन, ‘मैले हरेक लक्ष्य पूरा पनि गरेकी छु । त्यसैले पनि म आफैलाई बीमा सम्राट भन्न रुचाउँछु ।’
आइएमई लाइफमा उनले राम्रो कार्य प्रदर्शन गर्दै आइरहेकी छन् । भरतपुर १३ पृथ्वीनगरमा जन्मिएकी जानुकाले प्लस टुसम्मको अध्ययन पूरा गरेकी छन् । आइएमई लाइफ इन्स्योरेन्सको नारायणघाट शाखामा चिफ एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् ।


















