काठमाडौं । बिराटनगर–७ निवासी गीता उरावले आफ्ना श्रीमान् सुरज झागडलाई जन्मदिनको अवसरमा ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएकी छन् । उनले रिलायबल नेपाल लाइफबाट रिलायबल सुलभ जीवन बीमा योजना उपहार प्रदान गर्दै जन्मदिनलाई स्मरणीय मात्र नभई आर्थिक सुरक्षासँग जोडिएको अर्थपूर्ण अवसर बनाइदिएकी हुन् ।
यस अवसरमा उनले जीवन बीमा केवल जोखिम कभर गर्ने साधन मात्र नभई भविष्यप्रतिको योजना, आर्थिक सुरक्षा र परिवारप्रतिको जिम्मेवारीको पहिचान भएको उल्लेख गरिन्। रू ५ लाखको जीवन बीमा उपहारले श्रीमानको जीवन सुरक्षासँगै परिवारको आर्थिक सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।
बीमा हस्तान्तरण शाखाका मार्केटिङ विभागका मधुराम चौधरीले गरेका थिए।
यस्तो सचेत र प्रेरणादायी कदमले समाजमा जीवन बीमाप्रतिको जागरूकता अभिवृद्धि गर्ने र दीर्घकालीन सुरक्षा संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।
कम्पनीका अनुसार रिलायबल सुलभ जीवन बीमा योजना सर्वसाधारणका लागि सहज, र दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्ने प्रभावकारी जीवन बीमा योजना हो।


















