IME Life New

नेशनल लाइफको वरिष्ठ एजेन्सी म्यानेजर खत्री भए टप अफ द टेबल योग्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वरिष्ठ एजेन्सी म्यानेजर जीवन कुमार खत्री  टप अफ द टेबल(टीओटी) को लागि तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल भएका छन् ।

खत्रीले सन् २०२६ को लागि टीओटी योग्य हुन तोकिएको व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता पुरा गरेका हुन् ।  इन्स्योरेन्सका अनुसार खत्रीले सन् २०२५ का लागि कोर्ट अफ द टेबल(सीओटी) उपाधिका लागि योग्य भएका थिए । उनले मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले तोकेको व्यवसायीक लक्ष्य पुरा गर्दै यसपटक टीओटी उपाधीका लागि दाबेदार बन्न सफल भएका हुन् ।

Esewa
Crest

मिलियन डलर राउण्ड टेबल विश्व भरका बीमा अभिकर्ता तथा वित्तीय परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले तोकेको वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई एमडिआरटी, सिओटी र टिओटी उपाधी दिंदै आएको छ। यसका लागि अमेरिकी डलरमा सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ। यी तीनवटा मध्ये कुनै एक उपाधिका लागि योग्य हुने अभिकर्ताले सदस्यता शुल्क र सम्मेलन दर्ता शुल्क भुक्तानी गरेको अवस्थामा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर समेत प्राप्त गर्छन् ।

प्रत्येक वर्षको जनवरीदेखि डिसेम्बर सम्मको १२ महिनाको अवधिका लागि एमडिआरटीले व्यवसायीक लक्ष्य निर्धारण गरेको हुन्छ। यस्तो लक्ष्य देश अनुसार फरक फरक हुन्छ। अभिकर्ताले आर्जन गरेको प्रथम बीमाशुल्क वा कमिशनका आधारमा एमडिआरटीको योग्यता तय गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS