IME Life New

हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहाल र जोनल हेड नबिन थापाको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो ।

नेपालगन्ज शाखाका प्रमुख दिपक चालिसेले सञ्चालन गरेको कार्यक्रममा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य निरज कुमार भट्ट, बीमकका सल्लाहकार एवम् नेपाल टप बिमल ढकाल, बीमकका केन्दिय उपाध्यक्ष बिनोद कुमार यादव, लुम्बिनी प्रदेशका अध्यक्ष टिकामणि उपाध्याय लगायत संगठ्नका पदाधिकारीहरुको साथै एमडिआरटी, सीओटी र टीओटी लगायत २५० बढि अभिकर्ताहरुको उपस्थिति थियो ।

Esewa
Crest

सो कार्यक्रममा २०२६ को लागि एमडिआरटीमा छनोट हुन सफल बिमल ढकाललाई बिषेश सम्मान पनि गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका सीईओ कपिल कुमार दहालले आफ्नो नेतृत्वमा बीमित,अभिकर्ता ब्यवस्थापन पक्ष लगायत सिंगो कम्पनीको सर्वोपरि हितको निमित्त आफुले रातदिन नभनि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कम्पनीका जोनल हेड नबिन थापाले यस क्षेत्र बीम्रको लागि निकै उर्वर रहेकोले यस वर्षको एमटीआरटीमा बढि भन्दा बढि अभिकर्ताहरु छनोट हुनेमा विश्वस्त रहेको बताए । साथै, एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि काममा दृढ संकल्प र अठोटका साथ अघि बढन प्रेरित गरेका थिए ।

साथै प्रदेश उप प्रमुख उमेश ठाकुरले अभिकर्ता हरुको एमटीआरटी लगायत अन्य व्यवसायिक लक्ष्य प्राप्तिको लागि आफु र आफ्नो टिमलाई निर्धारित कार्यालय समयभन्दा पनि अघिपछिको समयमा पुर्ण रुपले सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा उपप्रादेशिक कार्यलय र अभिकर्ता संगठनको तर्फबाट भर्खरै सीईओको कार्यभार सम्हालेका कपिल कुमार दहाललाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो ।

साथै जोनल हेड नबिन थापालाई पनि उनको कार्यदक्षतको उच्च सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS