काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल निवासी बुबा मनिष पुरी र आमा पूजा भण्डारीले आफ्नो छोरा रेयान्स पुरीको शुभ अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।
सो अवसरमा उनीहरुले छोरालाई रु ५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । उक्त बीमा पोलिसी एशियन लाइफ चाबहिल शाखाका वरिष्ठ एजेन्सी म्यानेजर ध्रुव गिरीले अन्नप्राशन कार्यक्रममा गई आजै बीमालेख हस्तान्तरण गरेका हुन् ।
चाबहिल शाखाका शाखा प्रबन्धक अशोक राज गिरीले सुनौलो बाल भविष्य बीमा योजना अन्तर्गत बच्चाको प्रस्तावकको समेत रिस्क कभर हुने र बच्चाको उच्च शिक्षाको लागि समेत बीमा योजनाले टेवा पुर्याउने हुँदा अहिले बालबालिकाको लागि बीमा लोकप्रिय बन्दै गएको जानकारी दिए ।

















