IME Life New

भारतका एक व्यापारीले ‘डिजिटल अरेष्ट’ हुँदा बुझाए भारू ५८ करोड फिराैती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुम्बईका एक ७२ वर्षीय व्यापारीलाई राजश्व अधिकारीको आवरणमा ठग समूहले डिजिटल एरेष्ट(अभाैतिक अपहरण) गरेर ५८ करोड भारतीय रूपैयाँ फिराैती असुली गरेका छन् ।

ती ठगहरूको समूहले  आफूलाई राजश्व अनुसन्धान अधिकारी र विशेष अनुसन्धान ब्यूरो (सीबीआई) अधिकारीको रूपमा प्रस्तुत गर्दै ‘डिजिटल गिरफ्तारी’ मार्फत् वृद्ध व्यापारीलाइ ठगी गरेको प्रहरीले जानकारी गराएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ।

Esewa
Crest

भारतीय अधिकारीका अनुसार, ५८ करोड रुपैयाँको यो घाटा एक व्यक्तिसँग सम्बन्धित ‘डिजिटल गिरफ्तारी’ साइबर ठगी मुद्दामा रिपोर्ट गरिएको हालसम्मकै ठूलो मध्ये एक हुन सक्छ।

यस मुद्दाको अनुसन्धान गरिरहेको महाराष्ट्र साइबर विभागले तीन जनालाई नियन्त्रणमा समेत लिएको छ।

‘डिजिटल गिरफ्तारी’ साइबर अपराधको बढ्दो रूप हो जसमा ठगी गर्नेहरूले कानून प्रवर्तन अधिकारी वा सरकारी एजेन्सीका कर्मचारीको रूपमा प्रस्तुत हुन्छन् । अडियो वा भिडियो कलहरू मार्फत पीडितहरूलाई धम्क्याउँछन्। उनीहरूले पीडितहरूलाई मानसिकरूपमा बन्दी बनाउँछन् र पैसा तिर्न दबाब दिन्छन्।

पछिल्लो घटनामा, प्रवर्तन निर्देशनालय र केन्द्रीय अनुसन्धान ब्यूरोको कर्मचारीको रूपमा प्रस्तुत गर्दै यो ठग समूहले अगस्ट १९ देखि अक्टोबर ८ को बीचमा व्यवसायीहरूलाई सम्पर्क गरेर पीडितहरूको नाम सम्पत्ति शुद्धिकरण अुनसन्धानको मुद्दामा परेको दाबी गर्दै धम्क्याएका थिए।

ती अधिकारीले भने, भिडियो कल गरेपछि व्यापारी र उनकी श्रीमतीलाई “डिजिटल अपहरण” मा राखेपछि व्यापारी डराए। उनीहरूले आफूहरूलाइ राजश्व अधिकारीको आवरणमा प्रस्तुत गर्दै शुरूमा अनुसन्धानको बहानामा पीडितहरूको सम्पूर्ण व्यक्तिगत विवरण, व्यवसायीक कारोबारको विवरण, बैंक खाता लगायतको कारोबार विवरणमा अनधिकृत पहुँच पुर्याएका थिए । सम्पूर्ण गोप्य जानकारी हात पारि सकेपछि उनीहरूले मागेको जति रकम नदिए जेल हाल्ने धम्क्याउँदै रकम असुली गरेका हुन् ।

ठगी गर्नेहरूले उनलाई उनीहरूले तोकेका बैंक खाताहरूमा पैसा जम्मा गर्न भनेपछि पीडितले करिब दुई महिनाको अवधिमा धेरै बैंक खाताहरूमा अनलाइन भुक्तानीमार्फत ५८ करोड भारतीय रुपैयाँ स्थानान्तरण गरिदिए ।

पछि उनले आफू ठगिएको महशुस गरेर साइबर प्रहरीलाई सम्पर्क गरे।

साइबर जासूसहरूले घटनाको अनुसन्धानपछि गत हप्ता भारतीय न्याय संहिता र सूचना प्रविधि ऐनको सान्दर्भिक प्रावधानहरू अन्तर्गत मुद्दा दर्ता गरेका छन् । अनुसन्धानको क्रममा, प्रहरीले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा कम्तिमा १८ बैंक खाताहरूमा रकम स्थानान्तरण गरिएको पत्ता लगाएको थियो।

धेरै बैंक खाताहरूमा स्थानान्तरण गरिएको रकम रोक्का गर्न उनीहरूले तुरुन्तै अधिकारीहरूलाई सम्पर्क गरेर निर्देशन दिइ सकेका छन् ।

प्रहरीले ठगीमा संलग्न तीन जनालाई पहिचान गरेको छ । पक्राउ पर्नेहरूमा ३५ वर्षिय यूवक देखि ५५ वर्ष उमेरका अधवैशे पुरूष छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS