IME Life New

सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । “संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्रधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । उप निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिएका थिए।

Esewa
Crest

सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कर्मचारीहरूका लागि कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकताहरूको बारेमा चर्चा गर्दै, आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गर्न आफूमा के –कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयबस्तुमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरस पालना गर्न आग्रह गरे ।

साथै यस निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने कुरा समेत ब्यक्त गरे । साथै प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न, कर्मचारीहरू बिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १६९ शाखा तथा उपशाखाहरु, तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीमा २१,००० भन्दा बादी अभिकर्ताहरू आबद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS