IME Life New

विद्यालय तहमा व्यवहारिक ज्ञान सहितको बीमा प्रवर्द्धन कार्यक्रम गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई माद्यमीक र उच्च माद्यमीक तहमा व्यवहारिक ज्ञान सहित बीमा प्रवर्द्धन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले बुधबार सबै जीवन बीमकलाई सामूहिक निर्देशन जारी गर्दै तोकिएका जिल्लाहरुमा प्रत्येक पालिकाको एउटा विद्यालयमा कार्यक्रम गर्न र बीमा सम्बन्धि व्यवहारिक ज्ञान सहित बीमाको आवश्यक्ता झल्काउने गरी बीमा सचेतना निर्देशन दिएको हो।

Esewa
Crest

प्राधिकरणले गाउँ गाउँमा जीवन बीमा सम्बन्धि सचेतना फैलाउनका लागि २०७७ सालमै तत्कालीन १९ वटै जीवन बीमकलाई ४-४ वटा जिल्ला तोकेको थियो।

प्राधिकरणले जारी गरेको परिपत्रमा समावेश गरिएको बीमा प्रवर्द्धन कार्यक्रम सम्बन्धि निर्देशनइजाजत प्राप्त १४ वटै बीमकले तोकिएको जिल्लामा प्रत्येक महिनामा कम्तीमा एउटा कार्यक्रम गर्ने र प्रत्येक पालिकाको कम्तीमा एउटा विद्यालयमा कार्यक्रम गर्नुपर्नेछ।  प्राधिकरणले मर्ज नभएका जीवन बीमकलाई ४ र मर्ज भएर अस्तित्वमा आएको जीवन बीमकलाई ८ देखि १२ वटा जिल्लामा बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिएको छ।

जीवन बीमकहरुले बीमा प्रवर्द्धन कार्यक्रम सम्बन्धि विवरण त्रैमासिकरुपमा नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS