काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई माद्यमीक र उच्च माद्यमीक तहमा व्यवहारिक ज्ञान सहित बीमा प्रवर्द्धन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले बुधबार सबै जीवन बीमकलाई सामूहिक निर्देशन जारी गर्दै तोकिएका जिल्लाहरुमा प्रत्येक पालिकाको एउटा विद्यालयमा कार्यक्रम गर्न र बीमा सम्बन्धि व्यवहारिक ज्ञान सहित बीमाको आवश्यक्ता झल्काउने गरी बीमा सचेतना निर्देशन दिएको हो।
प्राधिकरणले गाउँ गाउँमा जीवन बीमा सम्बन्धि सचेतना फैलाउनका लागि २०७७ सालमै तत्कालीन १९ वटै जीवन बीमकलाई ४-४ वटा जिल्ला तोकेको थियो।

प्राधिकरणले जारी गरेको परिपत्रमा समावेश गरिएको बीमा प्रवर्द्धन कार्यक्रम सम्बन्धि निर्देशनइजाजत प्राप्त १४ वटै बीमकले तोकिएको जिल्लामा प्रत्येक महिनामा कम्तीमा एउटा कार्यक्रम गर्ने र प्रत्येक पालिकाको कम्तीमा एउटा विद्यालयमा कार्यक्रम गर्नुपर्नेछ। प्राधिकरणले मर्ज नभएका जीवन बीमकलाई ४ र मर्ज भएर अस्तित्वमा आएको जीवन बीमकलाई ८ देखि १२ वटा जिल्लामा बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिएको छ।
जीवन बीमकहरुले बीमा प्रवर्द्धन कार्यक्रम सम्बन्धि विवरण त्रैमासिकरुपमा नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ।

















