IME Life New

‘हिमालयन टीआईजी लिडरसिप अवार्ड’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत ट्रष्ट इन्स्योरेन्स ग्रुप (टीआईजी) लिडरसिप अवार्ड वितरण सम्पन्न भएको छ । बुधबार झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा तेस्रो संस्करणको अवार्ड वितरण सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न ५ विधामा ३२ जना एचिभरहरुलाई सम्मान गरिएको ग्रुप लिडर एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी लिए । दाहालका अनुसार आर्थिक बर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा साइनिङ अवार्डबाट ८ जना, ब्रोञ्ज अवार्डबाट १८ जना, सिल्भर अवार्डबाट छ जना सम्मानित भएका थिए । गोल्डेन अवार्डबाट दमककी इन्दु खनाल सम्मानित भइन् भने सर्वोत्कृष्ट व्यवसाय गर्ने लिडरहरु सृजना गौतम, सागर रिजाल र पुष्प खड्कालाई डाइमण्ड अवार्डबाट सम्मान गरिएको थियो ।

Esewa
Crest

पृथक शैलीमा सञ्चालित कार्यक्रममा कम्पनीका एमडीआरटी तथा चिफ एजेन्सी मेनेजर इन्द्र विश्वकर्मा, एम्नेष्टी इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष हेमकुमार खड्का, हिमालयन लाईफका कोशी प्रदेश उपप्रमुख तथा मेची इञ्चार्ज भोलाकृष्ण मिश्र (नविन), लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि कार्यक्रममा गत आवमा शतप्रतिशत टार्गेट पूरा गर्ने दमक शाखाकी शाखा प्रमुख चन्द्रकला घिमिरे (सीजी) र असार महिनामा कोशी प्रदेशमा उत्कृष्ट व्यवसाय गर्ने बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीलाई समेत टीमको तर्फबाट सम्मान गरिएको थियो ।

उत्कृष्ट व्यवसाय गर्न सँधै सदैव उर्जा प्रदान गरेको भन्दै टीम लिडर खिवराज दाहाललाई समेत टीमको तर्फबाट प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

विभिन्न सांगीतिक प्रस्तुती राखिएको कार्यक्रम सिनियर एजेन्सी म्यानेजर सागर रिजालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS