IME Life New

जीवन बीमा व्यवसायमा जम्दै शेरचन, ५ करोड ९६ लाख प्रथम बीमाशुल्क संकलन गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नविन शेरचनले आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ९६ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् । शेरचनले उक्त बीमा शुल्क आफू र आफ्नो टिमबाट संकलन गर्न सफल भएका हुन् ।

वि.स २०७५ सालबाट बीमा अभिकर्ताको व्यवसायमा अगाडि बढेका शेरचन सुरुवाती चरणबाटै आक्रामक रुपमा बीमा व्यवसायमा लाग्दै आइरहेका छन् । अन्तराष्ट्रिय वित्तीय परामर्शदाताहरुको संस्था मिलिनियम राउण्ड टेबल (एमडीआरटी) मा प्रत्येक वर्ष क्वालिफाइड हुँदै आएका शेरचन सन् २०२५ को एमडीआरटी क्वालिफाइड बन्दै लागातार छैटौं पटक एमडीआरटी बन्न सफल हुँदै सफल र स्थापित अभिकर्ताको पहिचान बनाउन सफल भएका छन् ।

Esewa
Crest

लागातार दश वर्षसम्म (एमडीआरटी बन्दै विश्वको एकमात्र ग्लोवल संस्था मिलियन डलर राउण्ड टेबलको आजीवन सदस्याता लिने लक्ष्य लिएका शेरचनले एमडीआरटी क्वालिफाइडको आरम्भ भने कम्पनीमा आबद्ध भएकै वर्षदेखि नै साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबाट सन् २०२० बाटै गरेका थिए ।

बागलुङको बोङ्गादोभानमा जन्मेका बहुआयामिक व्यक्तित्व उनी बीमा अभिकर्ताको अतिरिक्त निर्वाचित जनप्रतिनिधि समेत हुन् । जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वित्तीय साक्षरता फैलाइरहेका शेरचन प्रत्यक्ष तथा परोक्ष रूपमा समाजसेवामा जोडिएका छन् ।

उनी थकाली समुदायका पुरोहित , ढोरपाटन नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र लायन्स क्लब अफ काठमाडौं म्याग्दीका पूर्व अध्यक्ष समेत हुन् । निरन्तरको मिहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनको लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने बताउँछन् । देशमा आर्थिक मन्दी छ । “यो देशमा केहीपनि हुन सक्दैन” भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको अवस्थामा पनि “हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने” मान्यताको सन्देश आफूले दिन खोजिरहेको शेरचन बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

36%
sad

दु :खी

0%
amazed

अचम्मित

27%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS