IME Life New

सन नेपाल लाइफको प्रथम बीमाशुल्क ६१% ले वृद्धि, कुल बीमाशुल्क रु. ५ अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा ५ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको वृद्धि गरेको हो।

पछिल्लो वर्षमा ७२.११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष कम्पनीले ११६.१४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

त्यस्तै वैदेशिक रोजगारमा गत वर्ष ८४.१८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यस बर्ष १०४.२३ करोड रुपैयाँ गरी २३.८१ प्रतिशतको वृद्धि भएको छ।

यसका साथै नवीकरण बीमाशुल्क २३२.१२ करोड रुपैयाँबाट यस वर्ष २८०.०१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी नवीकरण बीमाशुल्कमा २०.६७ प्रतिशतको वृद्धि गरेको छ। समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड रुपैयाँ बीमाशुल्क प्राप्त गरेकोमा यस वर्ष कम्पनीले उल्लेखनीय २८.८५ प्रतिशतको वृद्धिसहित ५०० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS