IME Life New

भौतिक पूर्वाधार र कर्मचारीको बीमा गर्दै चिलिमे जलविद्युत कम्पनी, बीमकलाई प्रस्ताव पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले भौतिक पूर्वाधार र कर्मचारीको बीमा गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै जलविद्युत आयोजनाको पूर्वाधार, सम्पत्ति र कम्पनीमा कार्यरत कर्मचारीको बीमा गर्न बीमा कम्पनीहरुलाई सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको हो। कम्पनीले चिलिमे जलविद्युत केन्द्रका विभिन्न सम्पत्ति र सवारीसाधनको बीमा र कर्मचारीहरुको सामूहिक दुर्घटना तथा पारिवारिक औषधोउपचार बीमा गर्न लागिएको जनाएको छ।

Esewa
Crest

यसका लागि १५ दिनभित्र प्रस्ताव पेस गर्न कम्पनीले बीमा कम्पनीहरुलाई आह्वान गरेको छ।

प्रस्ताव पेस गर्दा बीमा कम्पनीहरुले दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कुनै निकायबाट स्वीकृति लिनुपर्ने भए सोको अद्यावधिक प्रमाणपत्र, अन्तिम लेखापरीक्षण भएको ३ आर्थिक वर्षको वित्तीय विवरण, बीमा सम्झौताका सर्त तथा बीमाशुल्क उल्लेख गर्नुपर्नेछ। प्रस्ताव काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS