IME Life New

छोरा-छोरीको जन्मदिन र पास्नीमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच इच्छयाकामना–५,चितवनका बुवा ज्ञान बहादुर थापा मगर र आमा लिला कुमारी मगरले आफ्नो छोरा लरेन्ज थापा मगरको पास्नीको शुभअवसर बीमा पोलिसी उपहार दिएका छन् ।

Esewa
Crest

त्यसैगरी वोदेवरसाइन –८,सप्तरीका जितन दासले छोरी स्नेहा कुमारी दासलाइ जन्मदिनको अवसर पारेर रिलायबल लाइफको रिलायबल सर्व सुलभ बाल जीवन बीमा योजना पोलिसी उपहार स्वरूप प्रदान गरेका छन्।

उक्त बीमा पोलिसी आबुखैरेनी शाखा र लाहान शाखाबाट जारी गरिएको हो । पोलिसी तनहुँका मार्केटिंग अफिसर भुपेन्द्र पोख्रेलले बुवा ज्ञान बहादुर थापा मगरलाइ हस्तान्तरण गरे भने लाहान शाखाका अभिकर्ता शोभाकान्त साहले बीमीत बच्चालाई दिएका छन् ।

छोराछोरीको उज्ज्वल भविष्यको लागि अरु उपहार भन्दा बीमा पोलिसी उपहार उपयुक्त लागेर बीमा गरिदिएको दुवैका बुवा आमाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS