IME Life New

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीबल हल्चोकलाई उद्धार सामग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गगरेको छ । एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका बरिष्ठ प्रहरी अधिकृत तथा कम्पनीका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा आफनो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले “सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको जनाउँदै यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नका लागि कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ उक्त सामाग्री उपलब्ध गरिएको जनाए ।

सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक हितका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS