IME Life New

युनियन लाईफको लोभ लाग्दो प्रगति, खुद बीमा शुल्कमा ९१ प्रतिशतको बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः असोज ४ गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालनको अनुमति पाएको युनियन लाईफले छोटो समयमा नै निकै राम्रो व्यवसाय गर्न सफल भएको छ । जीवन लाईफ बीमामा बृहत सोचका साथ अगाडि बढेको कम्पनीले चैत मसान्तसम्म ४८ करोड ६८ लाख ७२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो त्रैमास पुसमसान्त सम्मको तुलनामा ९१ दशमलव ४३ प्रतिशतले बढी हो ।

पछिल्लो तीन महिनामा मात्रै कम्पनीले २२ हजार ६ सय ६७ बीमा लेखबाट २३ करोड २५ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । हालसम्म ४४ हजार ३६५ बीमालेख जारी गरेको कम्पनीले ४ बीमालेखको ४५ लाख रुपैयाँ बराबरको दाबी गरेको कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरणममा उल्लेख छ । कम्पनीले यस त्रैमासमा मात्रै तीन बीमालेखको दाबी भुक्तान गरेको छ ।

Esewa
Crest

एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको युनियन लाईफले जगेडा तथा कोषमा ८ करोड २७ लाख ४७ हजार रुपैयाँ छुट्याएको छ । त्यस्तै जीवन बीमा कोषमा १८ करोड ७५ लाख २६ हजार रुपैयाँ र महाविपत्ती कोषमा ७८ लाख ६ हजार रुपैयाँ सञ्चित गरेको छ । अघिल्लो त्रैमासमा कम्पनीले जीवन बीमा कोषमा ९ करोड ७८ लाख ५७ हजार रुपैयाँ र महाविपत्ती कोषमा ५४ लाख ८९ हजार रुपैयाँ राखेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ७ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासमा कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो त्रैमासको तुलनामा ९० दशमलव ९७ प्रतिशतले बढी हो ।

नविनतम, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरु ल्याएर अगाडि बढेको बीमा कम्पनीको सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल सञ्चालक रहेका छन् भने जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरको लगानी रहेको छ ।

दुई अर्ब १५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउन ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

युनियन लाईफ कम्पनी रजिष्टारको कार्यालयमा बैशाख २४ गते दर्ता भई बीमा समितिबाट असार २० गते इजाजत पाएको थियो भने असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको थियो ।

यो पनि हेर्नुहोस्

आगामी वर्ष बीमा व्यवसाय ५० प्रतिशतले वृद्धि हुन्छ-मनोजकुमार लाल कर्ण, सिईओ-युनियन लाइफ इन्स्योरेन्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS