काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयबाट आमाको जन्मदिनमा छोरा आर्यन जंग कार्कीले बीमा पोलिसी उपहार दिएका छन् ।
लामो समयदेखि एजेन्सी पेसामा आबद्ध एजेन्सी म्यानेजर दीपा खरेलको कोडमा पोलिसी जारी भएको छ । आमा तिलरुपा कटवाललाई पोलिसी हस्तान्तरण गर्दै पछिल्लो समय जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढदै गएको कुरालाई सदुपयोग गरेर सुरक्षा र बचत गर्न सकिने खरेलले बताए ।
नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख नानीबाबु आचार्यले बताए ।

















