IME Life New

एशियन लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा स्तरोन्नति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इनस्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘आइआरएन ए माइनस (इस्युअर रेटिङ)’ बाट ‘आइआरएन ए (इस्युअर रेटिङ)’ रेटिङ मा स्तरोन्नति गरेको छ ।

इन्फोमेरिक्स नेपालले मिति २०८२।०३।२३ जारी गरेको पत्र अनुसार, यस्तो रेटिङ प्राप्त कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा पर्याप्त प्रत्याभूति गरेको हुन्छ । अधिकांश वित्तीय सुचकमा उल्लेख्य प्रगतीका कारण यस कम्पनीको इस्युअर रेटिङ सुधार भएको हो ।

Esewa
Crest

इन्फोमेरिक्स नेपालले यसअघि ‘आइआरएन ए माइनस (इस्युअर रेटिङ)’ रेटिङ प्रदान गरेकोमा वित्तीय अवस्थाको पुनः मूल्यांकनसँगै इस्युअर रेटिङमा स्तरोन्नती गरेको हो ।

आर्थिक वर्ष २०७९।८० को तुलनामा २०८०।८१ मा एशियन लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानी १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानी १४ प्रतिशत, नेटवर्थ १४ प्रतिशत, सञ्चालन मुनाफा १३ प्रतिशत, कर पछिको मुनाफामा १८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन २५ प्रतिशतले उल्लेख वृद्धि भएको छ ।

यस कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार, पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनका लागि १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको २०८२ असार ३० गते हुने १७ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०।८१ को लागि शेयरधनीलाई ५.१० प्रतिशत बोनश शेयर सहित ५.३६८४ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS