IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिने हिमालयन लाइफको घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ८ गतेदेखि असार २२ गतेसम्ममा नवीकरण गर्दा ६० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिने निर्णय कम्पनीले गरेको छ।

Crest

कम्पनीका अनुसार ५ वर्षसम्म व्यतित भएको बीमालेखमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित भएको बीमालेखमा ६० प्रतिशत छुट पाइनेछ। यस किसिमको व्यतित बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान गरिने कम्पनीले जनाएको छ। व्यतित बीमालेखको नवीकरण तथा पुनर्जागरण बीमित आफूलाई पायक पर्ने कम्पनीको प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गरी गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS