IME Life New

चन्द्र बहादुरले श्रीमतीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा उपहार दिने प्रचलन बढेको छ । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच आफ्नो श्रीमती कमला तामाङको शुभ जन्मदिनको अवसरमा श्रीमान चन्द्र बहादुर लामाले रिलायबल सुलब जीवन बीमा योजना उपहार दिएका हुन् ।

Crest

उक्त बीमालेख सिनियर एजेन्सी म्यानेजर सलाम सिङ तामाङ , बीमितको श्रीमान चन्द्र बहादुर लामा तथा अन्य पारिवारिक सदस्यको उपस्थितीमा सामान्य कार्यक्रमका बीच सो पोलिसी हस्तान्तरण गरिएको हो ।

श्रीमतीको जन्मदिनमा अन्य उपहार भन्दा बीमा पोलिसी उपहार उपयुक्त लागेर सुरक्षा साथै उज्वल भविष्यको लागी रिलायबल लाइफको बीमा पोलिसी उपहार दिएको श्रीमान चन्द्र बहादुर लामाले बताए ।

त्यसै गरि सिनियर एजेन्सी म्यानेजर सलाम सिङ तामाङले हाम्रो जीवन अमुल्य भएको र अमुल्य जीवनको हरेक पाइला पाइलामा जोखिम रहने भएकोले वर्तमान तथा भबिस्यको लागि जीवन बीमा अनिबार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS