IME Life New

बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आउन आफ्ना बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै विगतका आर्थिक वर्षहरुदेखि चालु आर्थिक वर्ष २०८१।८२ चैत मसान्तसम्म परेको दाबीहरुमा भुक्तानी लिन बाँकी बीमितलाई फर्छ्यौटका लागि आउन गरेको हो। ‘हालसम्म दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको छ’, सूचनामा भनिएको छ, ‘ती दाबी फर्छ्यौटका लागि आवश्यक कागजात (कोभिड दाबीबाहेक)सहित कम्पनीको नजिकको प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा वा कम्पनीको काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई ३५ दिनभित्र सम्पर्क गर्न अनुरोध छ।’

Esewa
Crest

तोकिएको अवधिभित्र बीमा दाबी फर्छ्यौट गर्न नआएका बीमितको फाइल बन्द गरी तामेलीमा राखिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS