IME Life New

सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिन म्याद थप गरिएको छ।

मागबमोजिम आवेदन नपरेकोले म्याद थप गर्नुपरेको धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ। सन नेपाल लाइफको हकप्रदमा आज जेठ १९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, अब यो हकप्रदमा असार ३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

Esewa
Crest

कम्पनीले गत वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

कम्पनीका शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख ४ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS