IME Life New

नेशनल लाइफको १५% लाभांशका लागि बुक क्लोज मिति घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अग्रणी जीवन बीमकमध्येको नेशनल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश वितरण र वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तय गरिएको छ।

कम्पनीको आज जेठ १४ गते अपराह्न ४ बजेको सम्पन्न सञ्चालक समितिको बैठकले यही जेठ २२ गते बुक क्लोज मिति तय गरेको हो। यसको अर्थ जेठ २२ गते अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

बैठकले कम्पनीको ३७ औँ वार्षिक साधारणसभा असार ५ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा गर्ने निर्णय गरेको छ। साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँबराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँबराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ।

यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गर्नेछ।

कम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ।

साधारणसभाका लागि कम्पनीको चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग बमोजिम आर्थिक वर्ष २०८०।८१ मा भएको खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायवाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमाथि पनि छलफल गर्नेछ।

यसैगरी साधारणसभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS