IME Life New

आजसम्म शेयर किन्नले एशियन लाइफको हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भोलि जेठ १५ गते बिहीबार सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् ।

गत वैशाख २६ गते नेपाल धितोपत्र बोर्डले एशियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब एशियन लाइफले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

Esewa
Crest

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।

नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्धारण गरेको छ। अब एशियन लाइफले न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहेको रकम बोनस शेयर वितरण गरेर कायम गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS