IME Life New

एलआईसी नेपालको करिब पौने १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को करिब पौने १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ।

कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको हो। जसअनुसार कम्पनीको ११ लाख ७३ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ।

Esewa
Crest

कम्पनीको २० औँ वार्षिक साधारणसभा संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो। जसअनुसार ५ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको हो।

अब कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारण समूहको ३५ प्रतिशत हिस्सा भएको छ। यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण ३० प्रतिशत हिस्सा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS