काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तपुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















