IME Life New

मेटलाइफद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्य साथ, मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई LIMRA (Life Insurance Management Research Association) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै उनीहरुको ग्राजुएसन तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको छ ।

सहभागीहरूलाई LIMRA को अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त पाठ्यक्रममा आधारित Associate Insurance Sales Manager (AISM) र Associate Insurance Advisor (AIA)  कोर्षहरुको बारेमा तालिम दिइउको थियो ।

Esewa
Crest

यी प्रशिक्षणहरू जीवन बीमा अभिकर्ताहरूका लागि”Gold Standard” प्रमाणपत्र को रूपमा चिनिन्छन्, जसले उनीहरूको व्यवसायिक क्षमतालाई नयाँ स्तरमा पु-याउँछ । AISM तालिमले एजेन्सीको प्रभावकारी व्यवस्थापन र नेतृत्व विकासमा केन्द्रीत छ, जबकि AIA तालिमले बीमा योजना बिक्रीका व्यावसायिक तरिकाहरूमा सिप प्रदान गर्छ ।

दुवै प्रशिक्षण मेटलाइफ Distribution Advantage Platform (DAP) को भर्चुअल माध्यमबाट सञ्चालन गरिएका थिए । यस्ता कार्यक्रमहरू मार्फत मेटलाइफ नेपालले आफ्ना अभिकर्ताहरूको सीप विकास र पेशागत उन्नतिमा निरन्तर लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS