IME Life New

सूर्यज्योति लाइफको वार्षिकोत्सवमा १५ वर्ष बढी सेवा गर्ने कर्मचारी सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७ औँ वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, निवर्तमान सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनलगायत विभागीय प्रमुख र १५ वर्षभन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताका लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्बन गरेका नवीनतम प्रपिधि, समयसापेक्ष ग्राहकमैत्री सेवाप्रति प्रतिबद्ध रही आगामी दिनमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ वृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालालाई हार्दिक कृतज्ञता व्यक्त गरे। उनले आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता पनि जाहेर गरे ।

Esewa
Crest

खत्रीले कर्मचारीको हकहित, सीप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए। साथै, कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता उनले व्यक्त गरे।

कम्पनीले यो आर्थिक वर्ष २०८१।८२ अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रस्ट पारे।

कार्यक्रममा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले उपलब्धिमूलक यस यात्रामा आफूहरुलाई विश्वास गरी अटुट सम्बन्ध राख्ने ग्राहक, अविरल साथ दिने अभिकर्ता, अहोरात्र खट्ने कर्मचारी, निरन्तर विश्वास गरी हातेमालो गर्ने शेयरधनी, सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकाय, व्यावसायिक साझेदारलगायत सम्पूर्ण सरोकारवालाले दिएको साथर योगदानका लागि कृतज्ञताका साथ धन्यवाद ज्ञापन व्यक्त गरे।
सञ्चालक समिति सदैव संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधिभित्र रही अघि बढेकोमा आगामी दिनमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको र साथै कर्मचारीको वृत्तिविकासका लागि प्रतिबद्ध रहेको भट्टराईले बताए।

कम्पनीले नवीनतम प्रविधिमा जोड दिँदै तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्किँदै भर्खरै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइनमार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति ई–कर्जा आफ्ना बीमित तथा अभिकर्ताको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा शुभारम्भ गरिसकेको छ।

बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१–२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ, कुल लगानी ४४ अर्ब रुपैयाँ, जीवन बीमा कोष ३९ अर्ब ४० करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब ३० करोड रुपैयाँ, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ। बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न पनि सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS